सर्लाहीमा सवारी साधन भोली आईतवारदेखि सुचारु गरिने तयारी गरेको संघले तयारी गरेको छ ।

मंगलबारदेखि उपत्यका सहित देशभर प्रदर्शन हुन थालेसँगै सार्वजनिक सवारी साधन चल्न छाडेका थिए । नेपाली सेनाले कर्फ्यु समेत लगाएकाले गाडी ठप्प थिए ।

शनिबार बिहानदेखि काठमाडौं सहित सर्लाहीमा पनि कर्फ्यु हटाइएकाले जनजीवन सामान्य छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएसंगै जनजीवन सहज हुँदै गएपछि सदरमुकाम मलंगवामा पसलहरु खुल्न थालेका छन् ।

मंगलबार रातिदेखि सुरक्षाको व्यवस्था लिएर सडकमा उत्रेको सेना सडकबाट फिर्ता भएको छ ।