जेनजी आन्दोलनको क्रममा सर्लाहीको त्रिभुवननगरस्थित छोटी भन्सार कार्यालयमा तोडफोड र लुटपाट भएको छ।

२५ गते बिहान आन्दोलनकारीहरूले कार्यालयको ताल्चा फोरेर भित्र प्रवेश गरी तोडफोड गरेका हुन्। कार्यालयका अनुसार भित्र रहेका टेबल, कुर्सी, पंखा साथै पानी तान्ने मोटर समेत लुटिएको छ।

आन्दोलनकै क्रममा सर्लाहीमा प्रधानमन्त्री स्वरोजगार कार्यालय, गाउँपालिका–नगरपालिका कार्यालय तथा प्रहरी चौकीहरूमा लुटपाट, आक्रमण र आगजनी भएको थियो।