सर्लाही–४ का प्रतिनिधिसभा उम्मेदवार तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चारदिने क्षेत्र भ्रमण पूरा गरी आज काठमाडौं प्रस्थान गरेका छन्।

आज सर्लाही सदरमुकाम मलंगवामा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सर्लाही जिल्ला शिक्षा र स्वास्थ्य क्षेत्रमा देशकै सबैभन्दा पछाडि परेको उल्लेख गर्दै यी क्षेत्रलाई आफ्नो प्रमुख एजेन्डा बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

थापाले सुरुमा सर्लाही आउँदा केही दुविधा भए पनि यहाँका कार्यकर्ता र जनताले देखाएको माया, विश्वास र साथले मनमा कुनै शंका नबचेको बताए। उनले चुनावपछि पनि यही विश्वास र समर्थन कायम रहने अपेक्षा रहेको धारणा राखे।

साथै, नेपाली कांग्रेसका सर्लाहीका उम्मेदवारहरू सक्षम रहेको उल्लेख गर्दै थापाले  सबै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गरे टिमको रूपमा काम गर्दै सर्लाहीको समग्र विकासमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे।