मलंगवा जुनियर जेसिजले बालमन्दिरको प्राङ्गणमा होली मिलन कार्यक्रम आयोजना गरी बालमन्दिरका बालबालिकासँग रंग, अबिर र खाजासहित हर्षोल्लासका साथ पर्व मनाएको छ।

कार्यक्रममा बालबालिकालाई भेष्ट, अबिर तथा खाजा वितरण गरिनुका साथै उनीहरूसँग रमाइलो वातावरणमा होली खेलिएको थियो।

कार्यक्रममा मलंगवा जेसिजको पनि सहभागिता रहेको थियो। सहभागिहरूमा अध्यक्ष सुवेश सागर श्रेष्ठ, उपाध्यक्ष सुभाष गुप्ता, अविनाश श्रेष्ठ, मनीष जैसवाल, सह–सचिव सुदीप चौधरी, वर्ष २०२५ का अध्यक्ष प्रवीन गुप्ता लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, जुनियर जेसीजतर्फ अध्यक्ष ऋतिका मिश्रासहित सम्पूर्ण बोर्ड सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम संयोजक जुली कर्णले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइन्।

उक्त कार्यक्रममा किरण रानाभट्ट लगायत अन्य सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको मलंगवा जुनियर जेसिजका पुर्व अध्यक्ष प्रिन्स गुप्ताले जानकारी दिए ।