तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा बागमती नगरपालिकाको भरत तालमा शुक्रबार भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा तामाङ समुदायको सांस्कृतिक झल्को दिने नृत्य, परम्परागत भेषभूषा प्रदर्शन, तथा सांगीतिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए। स्थानीय कलाकारहरूका साथै चर्चित तामाङ कलाकारहरूले पारम्परिक तथा आधुनिक तामाङ गीतहरू गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए।

default

भरत तालको मनोरम वातावरणमा आयोजित यस कार्यक्रमलाई अझ आकर्षक बनाउन रंगीन झाँकी, परम्परागत वाद्यवादन, तथा स्थानीय परिकारहरूको स्टल समेत राखिएको थियो। स्थानीय तथा राष्ट्रियस्तरका व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा सोनाम ल्होसारको ऐतिहासिक महत्त्व, तामाङ समुदायको पहिचान, तथा नयाँ वर्षको आगमनको उत्साहबारे पनि चर्चा गरियो।

सोनाम ल्होसार तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाइन्छ, जसमा पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरिन्छ। यो पर्वमा समुदायभित्र मेलमिलाप, खुशियाली, तथा परम्परागत मान्यताहरूलाई सम्मान गर्ने परम्परा छ।

नगरपालिकाको आयोजनामा सम्पन्न यस भव्य उत्सवले तामाङ समुदायको कला, संस्कृति, र परम्परालाई प्रवर्द्धन गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन्।

default

अवसरमा सर्लाहीको हरिवन र बागमती नगरपालिकाले आज दोस्रो दिन पनि स्थानीय बिदा दिएका थिए ।