जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४० पोकामा रहेको ६०४ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थाई प्रहरी पोष्ट जमुनियाको टोलीले बिहीवार राती उक्त परिमाणकोगाँजाबरामद गरेको हो । प्रदेश २–०४–००१ख ००२१ नम्बरको ट्रकको हुडमा डोरीले बाँधी कालो प्लाष्टिकले छोपी जलेश्वर बर्दिवास सडक खण्डस्थित भंगहा नगरपालिका वडा नं. ६ मजराबाट प्रहरीले गाँजा सहितचालकलाई नियन्त्रणमा लिएको हो । सूचनाको आधारमा प्रहरीको संयुक्त टोलीले गाँजा सहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहानले जानकारी दिए । उनले गाँजासंगै ट्रक चालक उदयपुर कटारी नगरपालिका १ बस्ने २३ वर्षीय गणेश बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको बताए ।