राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को पूर्वसन्ध्यामा आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत् बिरामीलाई फलफूल वितरण गरिएको छ ।प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको नेतृत्वमा बिरामीलाई फलफुल वितरण गरिएको हो । संयोजक सिंहसँगै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्रकुमार महतोलगायत अस्पताल पुुगेर उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरेका छन् ।प्रजातन्त्र दिवस भोली मनाइँदै छ । सर्लाहीमा यो दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने यसअघि नै निर्णय भइसकेको छ ।दिवसको मुख्य दिन भोली सदरमुकाम मलङ्गवामा प्रभातफेरि, झण्डोत्तोलन तथा मन्चको कार्यक्रम, रक्तदान र जनप्रतिनिधि तथा कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।मूल समारोह समितिले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान र निकायहरुमा राष्ट्रिय झण्डा फहराउन र आज, भोली र पर्सी घरघरमा समेत दीप प्रज्वलन गर्न आब्हान गरेको छ ।