जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईलाई पठाइएको छ ।यहाँका डिएसपी दीपक श्रेष्ठ एसपीमा बढुवा भएर गएसँगै जिल्ला प्रहरी कार्यालय सर्लाही २ सातादेखि डीएसपीविहीन रहेको थियो । प्रहरी प्रधान कार्यालयले गएसाँझ १२३ जना डीएसपीको सरुवा निकाल्दा भर्खरै इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका राईलाई सर्लाही पठाइएको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय उजुुरी छानविन तथा मानव अधिकार शाखा रानिपोखरीमा कार्यरत राई केही दिनमै यहाँ आउने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।राई जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी समेत रहने छन् ।