नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्र अन्तर्गतको विभिन्न क्षेत्रमा आज ८ घण्टा बत्ती काटिने भएको छ ।नवलपुरदेखि हरिपुर सवस्टेशनसम्म जाने ३३ केभी प्रशारण लाइनमा पोल सार्नुपर्ने भएकाले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म बत्ती काटिने भएको हो ।लालबन्दी वितरण केन्द्र अन्तर्गतका हरिपुरबाट संचालित ईश्वरपुर, बयलवास, पचगछिया, पर्नवास, हरिपुर र बरहथवा फिडर सट लाउन हुने प्राधिकरणले सूचना निकालेर जानकारी दिएको छ ।