कविलासी नगरपालिका-७ गैर बजार निवासी नेपाली कांग्रेसका नेता बलिराम झा/रेखा चाैधरी दम्पतिकि छाेरी जयश्री झाकाे जन्मदिनमा बालबालिकाहरुलाई भाेजन गराईएकाे छ ।हाल बेल्जियमकाे लुभेन शहरमा बसाेबासरत एवं माईक्राेसफ्ट कम्पनिमा कार्यरत जयश्रीकाे जन्मदिनकाे अवसरमा उनका बुबा बलिराम झाले हरिवनकाे घुर्काैली स्थित चेतना सन्देश नेपालद्वारा संचालित द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिकालाई १ छाक भाेजनका लागि सहयाेग गराएका हुन् । बुधबार साँझ बालआश्रममा झासहित नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, निवर्तमान अध्यक्ष टंकबहादुर क्षेत्री, हरिवन सिटी जेसिजका संस्थापक अध्यक्ष एवं व्यवसायी विनाेद महत लगायतकाे उपस्थिती रहेकाे थियाे ।हाल कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका झाले छाेरीकाे जन्मदिनकाे अवसरमा बालगृहमा आश्रित बालबालिकालाई भाेजन गराउन पाउँदा सारै आनन्दानुभुती महसुस भएकाे बताए । सपरिवार बेल्जियममै बस्दै आईरहेका झा केही दिनअघि सर्लाही आएका हुन् । बालगृहका व्यवस्थापक नविन लामाले सहयाेगप्रति झा परिवारमा हार्दिक आभार प्रकट गरे ।