मुद्दा दायर हुनेहरुमा बाराको कलैया उपमहानगरपालिका–५ का ३६ वर्षीय कर्मा साह सोनार, कर्माकै श्रीमती ३७ वर्षीया इन्द्रकुमारी परियार र वीरगञ्ज महानगरपालिका–२८ का ४० वर्षीय शंकर साह सोनार भनिने शंकरप्रसाद सोनार छन् । ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध करिब एक करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ ।मुद्दा दायर हुनेहरुमा बाराको कलैया उपमहानगरपालिका–५ का ३६ वर्षीयउनीहरू विरुद्ध बिहीबार उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेको आरोपमा मुद्दा दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताइन् ।६० किलो ८० ग्राम चाँदीसहित प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगर–२१ अमलेखगञ्जबाट कर्मालाई २१ मंसिरमा पक्राउ गरेको थियो ।कर्मा साह सोनार, कर्माकै श्रीमती ३७ वर्षीया इन्द्रकुमारी परियार र वीरगञ्ज महानगरपालिका–२८ का ४० वर्षीय शंकर साह सोनार भनिने शंकरप्रसाद सोनार छन् । उनीहरूविरुद्ध ९६ लाख ६० हजार ८६४ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । प्रहरीका अनुसार स्कुटीको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाएर चाँदी बोकेर हिँडेको अवस्थमा उनी पक्राउ परेका थिए ।प्रहरीले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । अनुसन्धानको क्रममा थप दुई जनाको संलग्नता देखिएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको विभागले जनाएको छ ।