उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज सर्लाहीमा दुुईवटा कार्यक्रमलाई सम्वोधन गर्दै छन् ।मन्त्री सिंहले आज मध्यान्ह लालबन्दी नगरपालिका ७ स्थित साझा संस्थाको जग्गामा शहरी विकास तथा भवन निर्माण विभागबाट निर्माण गरिएको साँढे २ तले व्यावसायिक भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विभागले निर्माण गरेको व्यावसायिक भवन कागजीरुपमा हिजो नगरपालिकाले बुझिसकेको र आज मन्त्री सिंहको प्रमुख आतिथ्यतामा औपचारिकरुपमा नगरपालिकाले ग्रहण गर्न लागेको लालबन्दीका नगरप्रमुख बासुदेव अधिकारीले बताए ।विमानमार्फत जनकपुर हुँदै लालबन्दी आइपुुग्ने मन्त्री सिंह यहाँको कार्यक्रम सकेर हरिपुर जानुहुने छ । हरिपुरमा आज नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघ मधेश प्रदेशको प्रथम अधिवेशनलाई उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।हरिपुरस्थित प्रेमलता होटलमा आयोजित अधिवेशनका लागि प्रदेशका आठै जिल्लाबाट प्रतिनिधि धमाधम आइरहेका नेपाल मुस्लिम संघ मधेश प्रदेशका सभापति शेष शाहदुल्लाहले जानकारी दिए । अधिवेशनले संघको मधेशस्तरीय नयाँ नेतृत्व चयन गर्ने छ ।