मधेस प्रदेशका जिल्ला तथा पालिका संगठनहरूलाई तीव्रतापूर्वक अगाडि बढाउने निर्णय गर्दै मदन भण्डारी फाउन्डेसनको मधेस प्रदेश कमिटीको बैठक सोमबार सम्पन्न भएको छ ।सर्लाहीको हरिवनमा भएको फाउन्डेसनको दोश्रो पूर्ण बैठकले मदन भण्डारीको विचार जनताको बहुदलीय जनवादलाई जनताको बीचमा लान विशेष अभियान चलाउने निर्णय समेत गरेको फाउन्डेसनका सर्लाही अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए । फाउन्डेसनका प्रदेश अध्यक्ष राज मोहम्मद रायको अध्यक्षतामा भएको बैठकलाई नेकपा एमालेकी केन्द्रिय सदस्य एबम बरहथवाकी नगर प्रमुख कल्पना कटुवालले प्रमुख अतिथिको रूपमा सम्बोधन गरेकी थिइन् ।बैठकलाई नेकपा एमालेकी केन्द्रीय सदस्य रन्जना सरकार, प्रधेश सभाका सदस्य राजेन्द्र चौधरी, पूर्व सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवनका पूर्व मेयर गणेश प्रसाई लगायतका नेताहरुले सम्बोधन गरेका छन् । मदन भण्डारीको विचार जनताको बहुदलीय जनवादलाई प्रवर्धन गर्ने उद्देश्यले स्थापित मदन भण्डारी फाउन्डेसनको केन्द्रीय संरक्षक पूर्व राष्ट्रपति विद्या भण्डारी रहेकी छन् ।नेकपा एमाले निकट फाउन्डेसनले वैचारिक र सामाजिक क्षेत्रका काम गर्ने गरेको छ ।