सर्लाहीको मौसम आज बिहानैदेखि धुम्मिएको छ ।यहाँ पातलो मात्रामा हुस्सु लागेर पानी पर्लाजस्तो भई मौसम बदली भएको हो । अघिल्ला दिनमा यसबेला सम्म पारिलो घाम लाग्न थाल्थ्यो । आज भने मौसम बद्ली भएकाले स्थानीयले अन्य दिनको तुलनामा चिसो महशुस गरेका छन् ।पानी पर्न नसक्दा सर्लाहीसहित तराई क्षेत्रमा अत्यधिक प्रदुुषण बढ्दो छ । यहाँका मानिस ज्वरो, रुघाखोकी जस्ता स्वास्थ्य समस्याबाट ग्रसित छन् ।यसैबिच गएराति गएको भूकम्पको धक्का महशुस सर्लाहीमा पनि गरिएको छ । सर्लाही प्रहरीका प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले भुकम्पको धक्का महशुस भएपनि जिल्लाभर कहिँकतैबाट कुनै प्रकारको क्षतिको जानकारी नआएको अहिले बिहान उज्यालो अभियानसँग बताए ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।