लालबन्दी नगरपालिका–२, जुटपानीमा  सम्पन्न रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।

जुटपानी यूवा क्लबले जनजीवन विद्याश्रम माध्यमिक विद्यालय जुटपानीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ जना पुरुष र ५ जना महिलाले रक्तदान गरेका क्लबका अध्यक्ष इरफान अन्सारीले जानकारी दिए । उनका अनुसार हरिवन यूूथ रेडक्रस सोसाइटीसँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा जिल्ला रेडक्रस सर्लाहीकी उपसभापति भवानी घिमिरे, लालबन्दी १ का वडाध्यक्ष हरिबहादुर भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख इन्स्पेक्टर रजोस घिमिरे, नवलपुर सर्पदंश उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति ध्रुवप्रसाद घिमिरे, रेडक्रस हरिवनका सभापति भरतकुमार कार्की, हरिवन यूूथ रेडक्रसका सभापति सन्दीप लामा, कराँतेका खेलका प्रशिक्षक शशी देवकोटालगायतको आतिथ्यता रहेको थियो ।