मलंगवा, २१ फागुन – सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी अघि बढाइएको छ ।शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्रमुख एवं उपसचिव तारापति खरेलले एसइइ सञ्चालनका लागि तयारीका काम धमाधम भइरहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समिति सर्लाहीको फागुन ६ गते बसेको बैठकले एसइइलाई व्यवस्थित र मर्यादित बनाउन तयारीका काम अघि बढाउने निर्णय गरेको थियो ।एसइइ सञ्चालनका लागि सर्लाहीमा ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत वर्षकै परीक्षा केन्द्रलाई यो वर्ष पनि निरन्तरता दिइएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खरेलले बताए ।एसइइमा सामेल हुन सर्लाहीबाट यो वर्ष १२ हजार ३२ जना परीक्षार्थीले फारम भरेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । ती परीक्षार्थी अहिले परीक्षाको तयारीमा ब्यस्त छन् । एसइइका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र अन्य कर्मचारीको छनौट तथा उनीहरुलाई तालिम प्रदान गर्न बाँकी छ ।परीक्षाको केही दिनअघि कर्मचारी छनौट तथा आवश्यक तालिम प्रदान गरिने इकाइका प्रमुख खरेलले जानकारी दिए । एसइइका लागि शिक्षा विकास तथा समन्वय इकाइमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरबाट उत्तरपुस्तिका प्राप्त हुनासाथ सम्वन्धित परीक्षा केन्द्रमा ढुुवानी गरिने छ ।प्रश्नपत्र भने परीक्षा सुरुहुनुु भन्दा एक÷दुुई दिनअघि परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा पठाइने छ । यस वर्षको एसइइ आगामी चैत ७ गतेबाट सुरु हुुँदै छ ।