मलंगवा,कात्तिक, १९ –

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की ५९ वर्षीया कृष्णमाया थापाको रेबिज संक्रमणका कारण मृत्यु भएको छ। तीन महिनाअघि बिरालोले खुट्टामा टोकेकी उनको कात्तिक १८ गते उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाले जनाएको छ।

संक्रमितको सम्पर्कमा आएका २८ स्थानीयलाई रेबिजविरुद्धको खोप लगाइएको छ भने १० जनालाई खोप दिन बाँकी छ। दोस्रो मात्रा खोपको अभाव भएपछि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरिरहेको जनाएको छ।