जिल्ला प्रशासन कार्यालय सर्लाहीले होली पर्व मर्यादित ढंगले मनाउन अपिल गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले आज साँझ एक सूचना जारी गर्दै मर्यादित ढंगले हर्षोउल्लासकासाथ पर्व मनाउन अपिल गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ जवरजस्ती खुुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी चलाउने, जिस्काउने, सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्ने, चर्को आवाजमा डिजे बाजा बजाउने आदि अवाञ्छिद क्रियाकलाप नगर्न अपिल समेत गरिएको छ ।

यस्ता अवाञ्छित क्रियाकलाप गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने सहायक सिडिओ घिमिरेले जारी गरेको सूचनामा उल्लेख छ । होलीलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा निकायले आवश्यक सुरक्षा प्रवन्ध मिलाइसकिएको जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सुरक्षा अधिकारी, पालिका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र अन्य सरोकारवालाको बैठकमा होलीको शुुभकामना आदानप्रदानसहित सुरक्षा तयारी, समाजमा बढ्दै गएको लागुुऔषध दुुव्र्यसनी नियन्त्रणका लागि स्थानीय तहमा सचेतना कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।