प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–३, डाबरीबाट ठूलो परिमाणमा लागुुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाबरीकै ३६ वर्षीय मानबहादुर घिसिङ रहेका छन् । उनलाई गएराति साँढे १२ बजे ना. २४ प ६९०३ नम्वरको मोटरसाइकल पछाडि दुुईवटा बोरामा लागुुऔषध बोकेर हिँडिरहेका बेला पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङले जानकारी दिए ।

घिसिङले मोटरसाइकलको पछाडी सिटमा दुुईवटा बोराभित्र बोकेर हिँडेको वाइनसिरेक्स सय एमएलको ३१३ बोतल र सय एमएलको वनरेक्स १४५ बोतल बरामद भएको इन्स्पेक्टर तामाङले बताए ।

ठूलो मात्रामा लागुुऔषधसहित पक्राउ परेका घिसिङलाई आज सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।