सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा एक भव्य ‘ईद मिलन उर्दू सम्मेलन’ आयोजना गरिएको छ। मलंगवा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम होटल सुजाता प्यालेसमा भव्य रूपमा जारी छ।

समारोहमा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, समाजसेवी रिजवान अन्सारीसहित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ। कार्यक्रममा नेपाल तथा भारतका ख्यातिप्राप्त उर्दू कविहरूले कविता वाचन गर्दै आपसी सद्भाव, धार्मिक सहिष्णुता र एकताको सन्देश दिएका छन्।

कार्यक्रमको संयोजनमा रहेका मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. सलीम मिकरानीले सम्मेलनले दुई देशबीचको साहित्यिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

उक्त सम्मेलनको मूल उद्देश्य ईदको अवसरमा विभिन्न धर्म, समुदाय र मुलुकबीचको भाईचाराको सन्देश प्रवाह गर्नु रहेको आयोजकहरूले जनाएका छन्।