को लालबन्दीमा अखिल नेपाल महिला संघ (समाजवादी) को पहिलो मधेश प्रदेश सम्मेलन सम्पन्न भएको छ ।

नेकपा एकीकृत समाजवादी निकट उक्त महिला संघको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । सम्मेलनबाट रीता भट्टराई (महोत्तरी) को नेतृत्वको ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको पार्टीकी नेतृ एवं मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीले जानकारी दिईन् । नवगठित अनेमसंघ समाजवादी मधेश प्रदेशको उपाध्यक्षमा रीता यादव र सरस्वती चौधरी, सचिवमा गीता माझी, उपसचिवमा मेनका चौधरी र प्रमिला महतो, कोषाध्यक्षमा रीता थापा र कार्यालय सचिवमा योगमाया कार्की चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष एवं अनेमसंघ समाजवादीकी केन्द्रीय अध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।