सर्लाहीबाट यो वर्ष अर्थात् सन् २०२५ मा २८ जना हज यात्रामा जान पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकामध्ये प्रक्रिया पूरा गरेका २८ जना साउदी अरबमा हुने मक्का मदिनामा जान पाउने भएका हुन् । २८ जनामध्ये १६ जना पुरुष र १२ जना महिला रहेका छन् ।

उनीहरुको जेठ ७ गते नेपालबाट साउदी अरबतर्फ उडान तालिकाको मिति तय भएको छ । सोही बमोजिम सर्लाहीमा प्रक्रिया पूरा गरेर छनौटमा परेका २८ जनालाई जेठ ५ गतेसम्म काठमाडौं पुुग्न सूचना गरिएको छ ।

हज यात्राका लागि नेपालबाट वर्षेनि ठूलो सङ्ख्यामा मानिसहरु साउदी अरब पुुग्ने गरेका छन् ।

सर्लाहीका लागि प्राप्त कोटा अनुसार यहाँका मुस्लिम समुदाय पनि प्रक्रिया पूरा गरेर हज यात्रामा जाने गरेका छन् ।