का केही जिल्लाहरुमा असिनासमेत परेको छ ।सोमबार र मंगलबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद झाले जानकारी दिए । मङ्गलबार लुम्बिनी प्रदेशमा पनि हल्का वर्षा हुने प्रक्षेपण छ । हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ ।

अत्यधिक गर्मी बढेका बेला आइतबारदेखि सुरु भएको बदली र वर्षाले गर्मीबाट केही राहत पुगेको छ । वर्षा भएका स्थानमा माटोको चिस्यान हल्का बढेकाले किसानहरुलाई राहत मिलेको छ ।

तर मेघगर्जन र चट्याङ पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।