लोकतान्त्रिक पत्रकार संघ बाराको जिल्ला संयोजकमा बिनोद कुमार प्रजापतीलाइ मनोनयन गरिएको छ । संघको केन्द्रीय कार्य समितिले विधानअनुसार पत्रकार प्रजापतीलाई बारा संयोजकमा मनोनयन गरेको हो ।
कृपा दैनिकका बाराका संवाददाताको रुपमा प्रजापती कार्यरत छन् । लामो समयदेखि पत्रकारिता पेसामा रहेका प्रजापती पत्रकारिताका क्षेत्रमा क्रियाशील छन् ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटवा जब्दी निवासी प्रजापतीको नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघ बाराले अलग्गै पहिचान बनाउने विश्वास गरिएको छ ।

संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले आइतवार प्रजापतीलाई जिल्ला संयोजकमा मनोनयन गरिएको जानकारी गराएका छन् । देश, मधेश, पत्रकार र पार्टीको हितमा साहको कार्यकाल उल्लेखनीय रहने विश्वास पनि संघले लिएको अध्यक्ष वर्माद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख गरिएको छ ।