विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाको आयोजनामा चन्द्रनगर गाउँपालिका, सर्लाहीमा पहिलोपटक ऐतिहासिक वृहत् खुला रक्तदान कार्यक्रम हुन लागेको छ।

नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखा,नेपाल शिक्षक महाँसंघ र चन्द्रनगर गाउँपालिकाको संयुक्त आयोजनामा हुन गइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ। कार्यक्रम आउँदो बिहीबार बैशाख २५ गते बिहान १० बजेबाट चन्द्रनगर गाउँपालिका नाढीमन तालमा सुरु हुने छ।

नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाका सभापति एवं नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँपालिकाका अध्यक्ष सरोज कुमार सिंहका अनुसार, उक्त रक्तदान कार्यक्रमले युवाहरूमा मानवीय सेवाप्रति जागरुकता फैलाउने अपेक्षा गरिएको छ। उनले भने, रक्तदान जस्तो पुण्य कार्यमा सबैको सक्रिय सहभागिता आवश्यक छ।