हरिवन नगरपालिका-८ निवासी निकिता परियार लाखेले ब्लड क्यान्सरका बिरामीलाई आर्थिक सहयाेग गरेकी छिन् ।

बागमति नगरपालिका-११ निवासी बिनय बिकलाई उपचाररत ललितपुरकाे पाटन अस्पतालमै पुगेर शनिबार दिउँसाे लाखेले ७३ हजार ५७५ रुपैंया प्रदान गरेकी हुन् । लाखेले विभिन्न दाताहरुसँग संकलन भएकाे ५० हजार ७५ रुपैंया तथा प्रदान गरेकी हुन् । त्यस्तै नेकपा माओवादी केन्द्र निकट सर्लाही-काठमाडौं सम्पर्क समन्वय समितिका सचिब शम्भु नेपालको पहलमा रोजिना थापा, सुष्मा बिश्वकर्मा, सरोज रायमाझि र सबिता खड्काको उपस्थितिमा २३ हजार ५०० रुपैया समेत प्रदान गरिएकाे
हरिवन निवासी युवा शशी तामाङले जानकारी दिए ।