सर्लाहीको कबिलासी नगरपालिकामा स्थानीय समन्वय र न्यायको लागि उपमेयर कार्यक्रम सन्चालन भएका छन् । कबिलासी नगरपालिकाको आयोजना तथा इम्पयाक्ट ईनिशिएटिभ सर्लाहीको संयोजकत्वमा गरिएको उक्त कार्यक्रम कबिलासी नगरपालिका वडा नं.२ पिपरीयाको वडाहलमा सम्म्पन्न भएको हो । इम्पयाक्ट ईनिशिएटिभ सर्लाहीको अध्यक्ष बिकास यादवको अध्यक्षता तथा कबिलासी नगरपालिका उपप्रमुख पुनम कर्णको प्रमुख आतिथ्यतामा सन्चालन भएको उक्त कार्यक्रममा उपप्रमुखको काम, कर्तव्य र अधिकारको बारेमा वृहत अन्तरक्रिया गरीएको थियो । स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत उपप्रमुखको काम , कर्तव्य र अधिकार ्न्यायिक समितिको संयोजक भइ काम गर्ने, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने, योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरि सोको प्रतिवेदन बैठकमा पेश गर्ने,सभा र कार्यपालिकाद्धारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने,सात दिनभन्दा बढि समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाइ जानकारी गराउने,सभा ,कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने लगायतका कार्यहरुलाई आफुले मुख्य दायित्व ठानेको उपमेयर कर्णले जानकारी गराउनुभएको थियो । देशका ७५३ स्थानीय सरकारमध्ये बहुसंख्यकमा महिला उपप्रमुख छन्। संविधानले पहिलोचोटि दिएका जिम्मेवारी निर्वाह गर्न उनीहरू स्वतन्त्र हुनुपर्ने भनाई प्रमुख जिल्ला अधिकारी तुलसि बहादुर श्रेष्ठले ब्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत मन्तब्य नेपाल पत्रकार महासघं सर्लाहीका उपाध्यक्ष तथा यस इम्पयाक्ट ईनिशिएटिभ सर्लाहीका उपाध्यक्ष समेत रहनुभएकी बन्दना झाले राख्नुभएको थियो । स्वागत मन्तब्य राख्दै उपाध्यक्ष झाले यस कार्यक्रमको उदेश्य जनसमुदायलाई उपमेयरको भुमिका, काम, कर्तव्य र अधिकारबारे जानकारी गराई उनीहरुलाई उतरदायि बनाउनु रहेको प्रष्ट पार्नु भयो ।