-किसन साह सर्लाही
दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खादाँ दुवै चालकको मृत्यु। मंगलबार बेलुकी .३:३० बजेको समयमा सर्लाहीको बागमति नगरपालिका वडा नं ०४ जिरायत बजार स्थित भरत ताल देखि सोल्टीबजार जाने भित्री सडक खण्डमा बागमतीको पुतली चोकबाट सोल्टी तर्फ जाँदै गरेको प्र.३-०२-००६प ७८६८नं को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको बा ५६ प ५२६ नं को मोटरसाइकल एक आपसमा

ठक्कर खाँदा दुबै मोटरसाइकलका चालक र सवार मानिसहरु घाइते भएको थियो ।
घाइतेहरूको बागमति मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि विरगन्ज तर्फ पठाउदा बीच बाटोमै बा ५६ प ५२६ नं.को मोटरसाइकल चालक जिल्ला रौतहट बिसुनपुर्वा गा.बि.स बस्ने ३३ बर्षको नागेन्द्र साह सोनार र प्र.३-०२-००६प ७८६८नं को मोटरसाइकल चालक काठमाण्डौं वडा नम्बर २३ बसन्तपुर स्थायी वतन भएका बर्ष ३० को विबेक मानन्धरको रौतहटको चन्द्रपुर स्थित चन्द्रपुर अस्पताल प्रा.लि. मा बेलुका ४;३० बजेको समयमा चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरेको ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मोटरसाइकल पछाडि सवार घाइतेहरुलाई समेत थप उपचारको लागि बिरगन्ज तर्फ पठाइएको छ । सवार ब्यक्तीको अवस्था चिन्ताजनक रहेको रहेको बुझिएको छ।
र घटना बारे थप अनुशासन भइरहेको जिला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए।