प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका १२ चेकपोष्टबाट अवैध समानसहितको ट्रक नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले आज बिहान शङ्कास्पद समानसहित बुटवलबाट विराटनगरका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९४६० नम्वरको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकबाट जिरा पाउडर, कस्मेटिक, टायर, हेल्मेट, मोटर पार्टस्, ब्याट्री, औषधि, मेसिन, हार्डवेयर र किचेनका समान बरामद भएको प्रहरीेले जनाएको छ । बरामद गरिएको समानको प्रज्ञापन पत्र नभएको र कतिपय समानको भ्याटबिल समेत नभएकाले बरामद गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।
डिएसपी राईका अनुसार बरामद गरिएको ४७ लाख ९७ हजार ५०१ रुपियाँ बराबरको समान र ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुुझाइएको छ ।