सर्लाही जिल्लाको पर्सा गाउँपालिका–५ स्थित उत्तर–दक्षिण सडकखण्डबाट प्रहरीले ठूलो मात्रामा लागूपदार्थ गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।

बिहीबार साँझ करिब ८:०५ बजे सर्लाहीको पर्सा प्रहरी चौकी र अस्थायी प्रहरी पोस्ट नोकेल्वा, पिपराबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा प्रदेश २–०२–००३ प ५३९४ नम्बरको मोटरसाइकल रोकेर तलासी लिएको थियो।

तलासीको क्रममा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१६, परवानीपुर निवासी १८ वर्षीय गब्बर वाईबा र पछाडि सवार १९ वर्षीय दिपेश वाईबाको साथबाट १० किलो गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।

दुबैले गाँजालाई बीचमा लुकाई छिपाई ल्याउँदै गरेका थिए। हाल उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले लागूपदार्थ कारोबारविरुद्ध कडा निगरानी र कानूनी कारबाही जारी राख्ने जनाएको छ।