सर्लाहीको हरिपुर्वा नगरपालिका–६, बसतपुरमा १० किलो ५०० ग्राम गाँजासहित दुई युवक पक्राउ परेका छन्। प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा ज ६ प २३६ नम्बरको मोटरसाइकल रोकी खोजतलास गर्दा झोलाभित्र लागुऔषध गाँजा फेला परेको हो।

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–१३ का ३७ वर्षीय मनोज कुमार महतो र १८ वर्षीय राजेश मलिक छन्। उनीहरूलाई जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।