मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा ट्राफिक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणको लागि “ट्राफिक जनचेतना मुलक सप्ताह कार्यक्रम २०८२” को समुदघाटन भएको छ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह,सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखी ज्यूको अध्यक्षता तथा मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतिस कुमार सिंह ज्यूको प्रमुख अतिथ्यतामा संचालन भएको सप्ताहब्यापी जनचेतनामूलक कार्यक्रममा गृहमन्त्री लेखी ज्यूले आफ्नो धारणा राख्नु हुँदै” काठमाडौ उपत्यका पछि अत्यधिक मात्रामा दुर्घटना मधेश प्रदेशमा हुने गरेको छ।ट्राफिक अनुशाशन तथा नियम सम्बन्धी शिक्षाको कमिले सवारी दुर्घटनाको घटनाहरु घट्ने भएको हुदा यस किसिमको जनचेतनामूलक कार्यक्रमको औचित्य बढेको छ।” बताउनु भएको छ साथै वहाले “युवा बिधार्थी भाईबहिनी हरुलाई मनोरन्जनात्मक कृयाकलाप र कार्यक्रम संगै यस किसिमका सचेतनामुलक कार्यक्रमहरुको महत्वपुर्ण भुमिका रहने भएको हुदा ट्राफिक अनुशासन र नियम पालना सम्बन्धी शिक्षा जनस्तर सम्म पुर्याउन सहयोगी भुमिका निर्वाह गर्न” अनुरोध समेत गर्नु भएको छ।
कार्यक्रममा नेपाल प्रहरी,जिल्ला ट्राफिक कार्यालयहरु,सशस्त्र प्रहरी बल तथा नेपाली शेनाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो।