मधेश प्रदेश सरकार अन्तर्गतको अर्थ मन्त्रालयले हालै स्वास्थ्य कार्यालय सर्लाहीमा लेखापालको रूपमा ज्ञानेन्द्र कुमार यादवलाई काजमा खटाएको छ । पूर्वाधार विकास कार्यालयबाट विधिवत रूपमा रवाना लिएर आएका यादवलाई लेखापालको जिम्मेवारी दिइएको हो।
विहिबार कार्यालयमा उपस्थित भएका यादवलाई स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाले नियुक्तिपत्र स्वीकार नगरी असन्तुष्टि जनाउँदै कार्यालय समयमा बाहिरिएका थिए। प्रमुखको यो व्यवहारले कार्यालयमा केही समय अन्यौलताको स्थिति सिर्जना भएको थियो ।अन्ततः पत्रकार सम्मेलनको आयोजना गरी तथ्य स्पष्ट पारिएको थियो। पत्रकारहरूको रोहबरमा तथा कार्यालयका तथ्यांक अधिकृत लालबाबु राय सहित कर्मचारीहरुको उपस्थितिमा ज्ञानेन्द्र कुमार यादवले विधिवत रूपमा कार्यालयमा हाजिरी जनाएर लेखापालको जिम्मेवारी सम्हालेका हुन ।
यस बिषयमा फोन सम्पर्क गरेर जानकारी लिदा, स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख झाले कार्यालयमा पहिले देखिनै एक लेखापाल तीन वर्षदेखि कार्यरत रहेको असन्तुष्टि व्यक्त गरे । साथै, आफू फिल्डमा गाउँपालिकातर्फ जानुपर्ने कारण देखाउँदै बुझाइका लागि अर्थ मन्त्रालयसँग सम्पर्क गर्नुपर्ने धारणा राखे ।