प्रहरी तथा प्रशासनको ज्यादतीविरुद्ध आवाज उठाउँदै सर्लाहीको मलंगवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेकपा एमाले , नेकपा (माओवादी केन्द्र), जसपा, नेसपा लगायतका दलहरूको संयुत्त आयोजित उक्त कार्यक्रममा प्रशासनिक दुव्र्यवहार र अधिकार हननका विषयमा गम्भीर छलफल गरिएको थियो।

कार्यक्रममा पुर्व मन्त्री महिन्द्र राय , संबिधान सभा सदस्य शिवपुजन राय,बलरा नगरपालिका मेयर , रामनगर गाउपालिका अध्यक्ष लगाय जनप्रतिनिधि नेताहरु सहभगी थिए ।

मलंगवा पार्टी प्यालसमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले नागरिकप्रतिको व्यवहारमा सुधार ल्याउन सुरक्षाकर्मी र प्रशासनलाई आग्रह गरेका थिए।