मधेश प्रदेश सरकार अन्तर्गत सञ्चार क्षेत्रको नियामक निकाय मिडिया काउन्सिल बोर्ड सदस्यको रुपमा बन्दना झाले दोस्रोपटक पदभार ग्रहण गरेकी छिन्।

चार वर्षे कार्यकालका लागि नियुक्त भएकी उनले प्रदेशका आठै जिल्लामा सञ्चारकर्मी र सञ्चारगृहप्रति उत्तरदायी भई कलम चलाउने प्रतिबद्धता जनाएकी छन्। पदभार ग्रहण कार्यक्रममा उनले सञ्चार क्षेत्रलाई सबल, मर्यादित र जवाफदेही बनाउन निरन्तर लाग्ने बताइन्।

सञ्चार मन्त्री राजकुमार लेखीसहित विभिन्न व्यक्तिहरूको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा सबै सञ्चारकर्मी, सहकर्मी र शुभेच्छुकहरूसँग सल्लाह र मार्गदर्शनको अपेक्षा गरेकी छिन्।