कबिलासी नगरपालिकाको आयोजनामा सेवा निवृत्त शिक्षकहरूलाई एक विशेष समारोहका बीच कदर–पत्र प्रदान गरी सम्मान गरिएको छ। शिक्षामा दीर्घकालीन योगदान पुर्‍याएको भन्दै नगरपालिकाले उनलाई सम्मान गरेको हो।

कार्यक्रममा श्रम तथा यातायात मन्त्री कौशल किशोर राय प्रमुख अतिथि थिए। कार्यक्रममा कबिलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव राय, उपप्रमुख पुनम कर्ण, प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतो, र शिक्षा शाखा प्रमुख दिनेश राय लगायत अन्य अतिथिहरूकाे उपस्थिति रहेको थियो।

शिक्षकहरूको योगदानलाई उदाहरणीय बताउँदै यस्ता व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन ।