मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय सापाही, धनुषाको आयोजनामा प्रारम्भिक चेतावानी तथा प्रतिवेदन प्रणाली (EWARS) २०८१/८२ को वार्षिक समिक्षा कार्यक्रम मलंगवामा सम्पन्न भएको छ।

कार्यक्रममा सरुवा रोगहरूको प्रारम्भिक पहिचान, सूचना संकलन तथा प्रतिवेदन प्रणाली सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो।

समीक्षा कार्यक्रममा प्रदेशिक अस्पताल मलंगवाका सुपरीटेन्डेन्ट डा. संजीव सिंह, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतीश कुमार साह, जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका तथ्यांक अधिकृत लालबाबु यादव लगायत प्रादेशिक अस्पताल मलंगवामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरूको सक्रिय उपस्थिति रहेको थियो।

EWARS प्रणालीमार्फत स्वास्थ्य क्षेत्रमा सूचना प्रवाहलाई तीव्र, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यका साथ समीक्षा गरिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन यादवले जानकारी दिनुभयो।