लघुवित्त तथा वित्तीय शोषण विरुद्ध नेपालले सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा आज शुक्रवार शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ। देशभर बढ्दो लघुवित्तीय शोषणका विरुद्ध आवाज उठाउँदै, संगठनले विभिन्न मागहरू सहित मलंगवाको जिल्ला विकास शहीद पार्कमा कोणसभा आयोजना गरेको हो।

कोणसभाका प्रमुख अतिथि मधेश प्रदेश अध्यक्ष श्री धनिक लाल चौधरी रहेका थिए। कार्यक्रममा मधेश प्रदेश इञ्चार्ज युवराज रसैली, मधेश प्रदेश महिला विभागकी संयोजक तथा मोरङ जिल्ला अध्यक्ष सिलम यादव, सर्लाही जिल्ला अध्यक्ष अनिता चौधरी, तथा जिल्ला सचिव मेघनाथ झाले सम्बोधन गरेका थिए।