महोत्तरी जिल्लाको बलवा नगरपालिका–८ मा व्यवसायिक प्रशिक्षण केन्द्र भवन निर्माणको लागि शनिबार एक विशेष कार्यक्रमका बीच शिलान्यास गरिएको छ।

उक्त भवन शिलान्यास कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री आदरणीय माननीय महन्थ ठाकुर र नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।

उक्त प्रशिक्षण केन्द्र निर्माणपछि स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन र स्वरोजगार सृजनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा बोल्दै नेताहरूले सीपमूलक तालिम र व्यावसायिक शिक्षाले मधेशका युवाहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

शिलान्यास कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आयोजक पक्षले भवन निर्माण कार्यलाई छिट्टै सम्पन्न गरी तालिम संचालन प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।