सर्लाहीको कबिलासी–१, पिपरियास्थित श्री सनराईज इंग्लिश बोर्डिङ स्कूल प्रा.लिले हरिपुर नगरपालिका–४, हरैयामा अवस्थित रज्वा शिवालय ९जङ्ग मुक्तेश्वर हिरण्य गर्भेश्वर महादेव मन्दिर तथा नजिकैको राजदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयको ‘अध्यात्म प्रोजेक्ट’ अन्तर्गत कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा दुईवटा डस्टबिन समेत राखिएको छ। कार्यक्रम संयोजक रूपेश साहका अनुसार धार्मिकस्थलहरूको संरक्षण र वातावरणीय जागरुकता फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा वडा नं.४ का अध्यक्ष संजय साह, वडा सदस्यहरू, सशस्त्र प्रहरी बलका स.ई कृष्ण थिङ्गसहितको टोली तथा स्थानिय युवा र मेला समितिको सक्रिय सहयोग रहेको थियो।

 

विद्यालयका संस्थापक गजेन्द्र प्रसाद साहका अनुसार यस्ता कार्यक्रम विगत दुई वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएका छन्। कार्यक्रममा सहभागी सम्पूर्णलाई स्थानिय युवाहरूले खाजा(नास्ताको व्यवस्था गरेका थिए।

धार्मिक, शैक्षिक र सामाजिक समन्वयको उदाहरण बनेको यस कार्यक्रमले विद्यालयप्रति स्थानीय स्तरमै होइन, जिल्ला भरि नै प्रशंसा बटुलेको छ।