शुक्रबार रातिदेखि शुरु भएको सामान्य हावाहुरीले आज शनिबार मौसममा केही सहजता ल्याएको छ। गर्मीबाट केही राहत महशुस भएको छ र सर्वसाधारणले सास फेर्न पाएका छन्।

केही दिनदेखि सर्लाहीमा चर्को घाम र असह्य गर्मीले जनजीवन प्रभावित पारेको थियो। गर्मीका कारण मानिसहरू अस्पताल भर्ना हुनुका साथै ज्यान जाने घटनासमेत भएका

जिल्लामा गर्मीका कारण पानीको हाहाकार देखिएको छ भने सिंचाइका लागि पनि समस्या उत्पन्न भएको छ।

खेतबारी सुक्खा भइरहेका छन्, जसका कारण किसानहरू चिन्तित छन्।

यद्यपि पानी नपरेकाले कृषि कार्य र खानेपानीको अभाव भने यथावत् रहेको छ।