सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति समिर सिंह ठगी अरोपमा पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका १ नवलपुर निवासी सिंहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो । स्ववियु सभापति सिंहले सर्लाहीकै कविलासी नगरपालिका ९ सलेमपुरका २६ वर्षीय अशोकुमार यादव र काभ्रेको बनेपा नगरपालिका २ का २३ वर्षीय विशाल घिमिरेलगायतसँग मिलेर विद्यार्थी भिसामा अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप लागेको छ ।

उनीहरुले पीडितसँग १ करोड २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।