किसन साह,सर्लाही
साउन २१ गते (बुधबार)

सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा टायरगाढामा ठक्कर खादा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बसन्तपुरतर्फ जाँदै गरेको टायरगाडामा विपरीत दिशाबाट आउँदै गरेको ज ५ प २२०८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका बडा नम्बर ९, कै २१ वर्षीय अशोक कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको हो । दुर्घटनाको विषयलाई लिएर स्थानीय वासिन्दाले आज बिहान बाँके–सङ्ग्रामपुर सडक खण्ड अन्तर्गत मिर्चैया चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । र घटना बारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए ।