सर्लाहीको बलरा नगरपालिकास्थित छतौनामा आज बिहान मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

गाउँको भित्री सडकमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया चन्दादेवी बैठाको मृत्यु भएको हो । बैठा बलरा नगरपालिकाको कार्यपालिका सदस्य हुन् ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो । मृतक बैठाको शव अहिले सोही अस्पतालमा रहेको छ ।

दुर्घटनामा मोटरसाइकल चालक समेत गम्भीर घाइते भएका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले  बताए ।

इन्स्पेक्टर सिंहका अनुसार दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।