सर्लाही सदरमुकाम मलंगवामा अवस्थित घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवन भोली आइतबार उद्घाटन हुने भएको छ।

मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहा प्रमुख अतिथि रहने उक्त कार्यक्रम बिहान ११ बजे सुरु हुने जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवले जानकारी दिए।

जनमत पार्टीका अनुसार कार्यक्रममा जिल्ला, प्रदेश तथा संघका स्तरिय नेता–कार्यकर्ताको उपस्थिति रहनेछ। कार्यालय मलङवा–८ स्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो। नव निर्मित भवन मलङवा–२ मा निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहजता आउने कार्यालयले जनाएको छ।