धनगढीमाई नगरपालिका-१० स्थित बाबुराम खोलाको डिलमा एक नवजात शिशुको शव भेटिएको छ । खोलाको डिलमा रहेको झाडीमा कपडामा बेरिएको अवस्था नवजात शिशुको शव फेला परेको हो ।

प्रहरीका अनुसार, भर्खरै जन्मिएको देखिने मृत शिशु बालक हुन् । बुधबार बिहान ९ बजे स्थानीयले शिशु फालिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अहिले घटना मुचुल्कालगायतका कार्य गरिरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान र शिशु फाल्नेको पहिचान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।