जनमत पार्टी कबिलासी नगरपालिकाको आयोजनामा नगर अध्यक्ष प्रमोद पासवानको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य कलीम सेखको प्रमुख आतिथ्यमा वीर शहीद राममनोहर यादवको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।

कबिलासी नगरपालिका–५ मा साझ आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य सुबोध मण्डल, मानबोध राउत, लालबाबु मण्डल, विजय पासवानलगायतका नेताहरूको उपस्थितिमा वीर शहीद यादवप्रति श्रद्धाञ्जली अर्पण गरिएको स्थानीय नेता महेश पासवानले बताए।

कार्यक्रममा सहभागीहरूले वीर शहीद राममनोहर यादवले जनअधिकारका लागि गरेको बलिदानलाई स्मरण गर्दै उहाँको योगदानलाई इतिहासमा सदैव जीवित रहने बताएका थिए।

“वीर शहीद अमर रहून्” भन्ने नारासहित श्रद्धाञ्जली सभाको समापन गरिएको थियो।