आगामी २०८४ को संघीय, प्रादेशिक र स्थानीय चुनावलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले थिङ्क ट्याङ्क (Think Tank) गठन गरेको छ।

पार्टीको आगामी महाधिवेशन, संगठन विस्तार, भाव संकलन र विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा संगठनसँगको सहकार्यलाई प्रभावकारी बनाउन विशेष उद्देश्यसहित थिङ्क ट्याङ्क गठन गरिएको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

वरिष्ठ सह-अध्यक्ष एवं प्रमुख सल्लाहकार मा. सरदनाथ शुक्लको समन्वयमा गठन गरिएको थिङ्क ट्याङ्कमा महासचिव विमल श्रीवास्तव संयोजक रहनेछन्।

त्यसैगरी लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डेय, महासचिवहरू उपेन्द्र महतो, विनोद कुमार सिंह, ई. ज्ञानेन्द्र झा, सह–महासचिव रूपा यादव तथा लुम्बिनी प्रदेश मुख्य सचिव मोहम्मद इस्लाम सदस्य रहेका छन्।

प्रेस विज्ञप्ति अध्यक्ष महन्थ ठाकुरले जारी गर्नुभएको हो।