नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले जेन–जी पुस्तालाई थालिएको आन्दोलन लक्ष्यमा नपुर्‍याएसम्म नछाड्न सुझाव दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा एक अपिल लेख्दै भट्टराईले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको सुरुवात गरेकोमा गौरवान्वित भएको भन्दै अब यो आन्दोलनलाई टुंगोमा नपुर्‍याई बीचैमा छाड्न नहुने सुझाव दिएका हुन् ।

तर उनले भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थिरता प्राप्त गर्नका लागि भएको यो आन्दोलनले संविधानमा उल्लेखित उपलब्धिहरु नासिने त होइन्रु भन्ने आशंका पनि व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न।’

यस्ता छन् उनका सुझावहरु

( आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म वीचैमा छोड्नुहुन्न। अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ।

( संघर्षको जुन रूप निर्धारण गरिएको छ ९अहिलेको शान्तिपूर्ण रूप१० त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न।

 

( आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र भेडाको छाला ओढेर आउने ब्वाँसाहरूु लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ र भैहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ।

( ुभूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्ु भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ। नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्न आदिनिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न।