काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन(जी समूहले नै अब देशको नेतृत्व गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मेयर बालेनले सेना प्रमुखसँग समेत वार्ताका लागि तयार हुन आग्रह गरेका छन् ।

त्यस्तै वार्ताअघि संसद् विघटन हुनुपर्ने पनि बालेनले बताएका छन् । ुसेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् ( वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ,ु बालेनले लेखेका छन् ।

ओलीको राजीनामा आइसकेकाले संयमित हुन जेन(जी समूहलाई आग्रह गरेका छन् । फेसबुक पोस्टमा बालेनले देशको जनधन सबैको सम्पत्ति भएको पनि बताएका छन् ।

प्रधानमन्त्रीको राजीनामा आइसकेकाले संयमित हुन जरुरी रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ुअब संयमित हुनुहोला १ देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।ु